Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५७ करोड 

२०७५ माघ २० गते

बैंकिङ खबर। ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ चुक्तापूँजी रहेको नेपाल  बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा वितरण योग्य मुनाफा १ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ कमाएको छ । बैंकको वितरण योग्य मुनाफा गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ६ करोड १५ लाख रुपैयाँले घटेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको यस्तो मुनाफा १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ रहेको थियोे । बैंकको नियामकिय ब्यवस्था भन्दा अगाडीको मुनाफा भने बढेको छ । बैंकको गत आर्थिक बर्षको दास्रो त्रैमासमा नियामकिय ब्यवस्था अगाडीको मुनाफा १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक बर्षमा २ करोड ३० लाख रुपैयाँले बढेर १ अर्ब ६६ करोड १४ लाख रुपैयाँ पुर्याएको छ ।

आम्दानी तथा खर्च
बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ५ अर्ब  २५ लाख रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ गरेको छ । यस अनुसार बैंकको खुद ब्याज आम्दानी ३ अर्ब १६ करोड ७२ लाख रुपैयाँ हुन जान्छ । 

निक्षेप तथा कर्जा 
बैंकले पुष मसान्त सम्ममा १ खर्ब ५ अर्ब ६७ करोड ८२ लाखरुपैयाँ निक्षेप संकलन गरी  ८५ अर्ब ७९ करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत वर्षको दोस्रो त्रैमासमा भन्दा निक्षेप १३ दशमलव १० प्रतिशतले बढेको छ । तर यो अवधिमा बैंकले कर्जा लगानी ८ दशमलव ५३ प्रतिशले मात्र बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ९३ अर्र्ब ४३ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब ४ करोड ९१ लाख  रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
बैंकको पूँजी कोष अनुपात १५ दशमलव ९८ प्रतिशत, खराव कर्जा २ दशमलव ७४ प्रतिशत र सीसीडी रेसियो ७१ दशमलव ४७ प्रतिशत, आधार ब्याजदर ६ दशमलव ०६ प्रतिशत, प्रतिशेयर नेटवर्थ ३ सय  रुपैयाँ २८ पैसा र प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ३७ पैसा रहेको छ ।
 

Ad