Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंकले संखुवासभाका ५ सय विद्यार्थीलाई वितरण गर्यो न्यानो कपडा

२०७५ माघ १७ गते

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं ६ मा रहेको सरस्वति माध्यामिक विद्यालयमा अध्यनरत ५ सय जना विद्यार्थीहरुलाई न्यानो कपडा (स्विटर) वितरण गरेको छ । 

कार्यक्रममा संखुवासभाका माननीय जिल्ला न्यायाधीस प्रकाश राउत, चैनपुर न.पा. वडा नं ६ का अध्यक्ष नेत्रबहादुर डांगी, विद्यालय व्यवस्थापनका समितिका अध्यक्ष दिनेश श्रेष्ठ, प्रधानाध्यापक उज्ज्वल कर्मचार्य, बैंकका खांदबारी शाखाका प्रबन्धक अनिशकुमार रायमाझी, चैनपुर शाखाका प्रबन्धक सुरेश मण्डल, सशस्त्र प्रहरीका गुल्मपति कबिन्द्र राई, प्रहरी निरिक्षक मिङमा शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख राजन घिमिरे, चैनपुर न.पा. का शिक्षा शाखा एवं स्रोत ब्यक्ति विश्वनाथ सुबेदी लगायत स्थानीय सरकारी तथा संघ संस्थाका प्रतिनीधिहरुले न्यानो कपडा (स्विटर) वितरण गरेका हुन् ।

हाल  हाल बैंकले मुलुकभर २१७ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ मार्फत ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 


       
 

Ad