Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

समस्याग्रतबाट हटेको कर्पोरेट डेभलपमेन्ट बैंकको वित्तीय अवस्थामा सुधार 

२०७५ माघ १७ गते

बैंकिङ खबर। ३६ करोड २२ लाख रुपैयाँ चुक्तापूँजी रहेको कर्पोरेट डेभलपमेन्ट  बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ६ करोड ४६ लाख रुपैयाँ मुनाफा कमाएको छ । गत बर्ष समस्या ग्रस्तबाट फुकुवा भएको बैंकले खराब कर्जालाइ उठाउन विषेश ध्यान दिएकोले मुनाफा उल्लेख्य सुधार गरेको हो । गत आर्थिक बर्षको सोही अवधिमा बैंक ६ लाख ७३ हजार रुपैयाँले नोक्सानमा रहेको थियो ।

आम्दानी तथा खर्च
बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी २ करोड ८२ लाख ३८ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ३३ लाख १५ हजार रुपैयाँ गरेको छ । यस अनुसार बैंकको खुद ब्याज आम्दानी २ करोड ४९ लाख २३ हजार रुपैयाँ हुन जान्छ । 

निक्षेप तथा कर्जा 
बैंकले पुष मसान्त सम्ममा ११ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी  २२ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत बर्ष सम्म समस्याग्रस्त संस्थाको रुपमा रहेको बैंकले समस्याग्रस्तबाट फुकुवा भएसगै कर्जा लगानी र निक्षेप संकलनमा सुधार गर्दै लगेको छ । बैंकले उक्त अवधिमा ५ करोड ८७ लाख ९४ हजार रुपैयाँ खराब कर्जा उठाएको छ ।

सूचकहरु
सुचकहरुमा पनि सुधार गरेको बैंकको पूँजी कोष अनुपात १०९ दशमलव १८ प्रतिशत, खराव कर्जा ३३ दशमलव ८६ प्रतिशत र सीसीडी रेसियो ६४ दशमलव ६६ प्रतिशत, आधार ब्याजदर १४ दशमलव ९५ प्रतिशत र प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ ५९ पैसा रहेको छ । कराब कर्जा उल्लेख्य मात्रामा उठाउन सफले भएको बैंकको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ६७ पैसा रहेको छ ।

Ad