Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिन्धु विकास बैंकको नाफामा १४१ प्रतिशतको वृद्धि

२०७५ माघ १७ गते

बैंकिङ खबर। ५० करोड रुपैयाँ चुक्तापूँजी रहेको सिन्धु विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा २ करोड ६५ लाख रुपैयाँ मुनाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा १४० दशमलव ९० प्रतिशतले नाफा बढाएको हो । गत आथिक बर्षको सोही अवधिमा बैंकको मुनाफा १ करोड १० लाख रुपैयाँ  रहेको थियोे ।

आम्दानी तथा खर्च
बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी १२ करोड ८७ लाख रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ६ करोड ८६ लाख रुपैयाँ गरेको छ । यस अनुसार बैंकको खुद ब्याज आम्दानी ६ करोड १ लाख रुपैयाँ हुन जान्छ । 

निक्षेप तथा कर्जा 
बैंकले गत पुष मसान्त सम्ममा २ अर्ब २५ लाख रुपैयाँ निक्षेप संकलन गरी  १ अर्ब ८१ करोड ७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत वर्षको दोस्रो त्रैमासमा भन्दा निक्षेप १५ दशमलव ९१ प्रतिशतले बढेको छ । तर यो अवधिमा बैंकले कर्जा लगानी २७ दशमलव ६७ प्रतिशले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्र्ब ७२ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४१ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
बैंकको पूँजी कोष अनुपात २५ दशमलव ७९ प्रतिशत, खराव कर्जा १ दशमलव ७२ प्रतिशत र सीसीडी रेसियो ७१ दशमलव ३३ प्रतिशत, आधार ब्याजदर १२ दशमलव १५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय १९ रुपैयाँ ४८ पैसा र प्रतिशेयर आम्दानी १० रुपैयाँ ६३ पैसा रहेको छ ।
 

Ad