बैंकिङ खबर । गरिमा विकास बैंकले काठमाण्डौंको नयाँ बानेश्वरमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका हुन् ।
बैंकले आर्थिक बर्ष २०७५/७६ को दोश्रो त्रैमासको अन्त्यसम्ममा २६ अर्ब ९८ करोड निक्षेप संकलन गरी २३ अर्ब ५२ करोड कर्जा लगानी गरेको छ । साथै गतबर्षको तुलनामा बैंकले ५४.८१ प्रतिशतले नाफामा बृद्धि गरी ४३ करोड ९३ लाख सञ्चालन मूनाफा आर्जन गर्न सफल भएको छ ।
हाल बैंकले देशभर ६६ शाखा र १५ वटा एटीएम मार्फत ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले छिट्टैनै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर,कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत नायँ शाखा संचालनमा ल्याउने जनाएको छ ।