Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हाम्रो विकास बैंकको नाफा बढ्यो

२०७५ माघ १५ गते

बैंकिङ खबर । हाम्रो विकास बैंकले आर्थिक बर्ष २०७५ /७६को दोस्रो त्रैमासमा खुद मुनाफा ९ दशमलव १६ प्रतिशतले वृद्धि गरी २ करोड ४१ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा नाफा २ करोड २१ लाख रुपैयाँ कमाएको थियो ।

बैकले १ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २५ प्रतिशतले बढेर ६ करोड ३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ११ दशमलव ७६ प्रतिशतले बढेर ३ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ५५ प्रतिशत, जोखिम युक्त सम्पत्ति २५ दशमलव ८८ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ९ दशमलव ६० रुपैयाँ, मुल्य आम्दानी अनुपात १३ दशमलव ८५ गुणा, प्रतिशेयर नेटवर्थ ११२ दशमलव ७० रुपैयाँ र तरलता अनुपात २३ दशमलव ५६ प्रतिशत रहेको छ ।

Ad