बैंकिङ खबर । ग्लोबल आइएमई बैंक र रिलायबल लाइफ इन्स्योरेन्स बैंन्कासोरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र रिलायबल लाइफ इन्सुरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरे ।
सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका १३३ वटै शाखाहरु मार्फत रिलायबल लाइफ इन्स्योरेन्स जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।
हाल बैंकले मुलुकभर १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्पmत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।