बैंकिङ खबर । ज्योति विकास बैंकले सिन्धुली जिल्लाको सिन्धुली बजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अम्रेश चन्द्र बैदार तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरे ।
हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत बैंकिङ सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जनाएको छ ।
बैंकको हालको चुक्ता पूँजी २ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो विकास बंैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ । त्यसपछि बैंकको चुक्ता पूँजी ३ अर्ब १० करोड पुग्नेछ ।