Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

खुद ब्याज आम्दानी बढाएको गुडवील फाइनान्सको मुनाफा सामान्य 

२०७५ माघ १४ गते

बैंकिङ खबर । गुडवील फाइनान्सले चालु आर्थिक बर्षको देस्रो त्रैमासमा ३ करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा मुनाफामा ४.३९ प्रतिशले बृद्धि गरेको हो । गत आर्थिक बर्षको सोहि अवधिमा फाइनानसले ३ करोड ८ लाख  रुपौयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

निक्षेप तथा कर्जा 
८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले रिजर्भमा १८ करोड ६८ लाख रुपैयाँ राखेको छ । फाइनान्सले चालु आर्थिक बर्षको दास्रो त्रैमासमा ६ अर्ब २६ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ३७ करोड ५८ लाख कर्जा लगानी गरेको छ । निक्षेपमा ३०.५१ प्रतिशत तथा कर्जामा २४.१४ प्रतिशतले बृद्धि गरेको फाइनान्सले गत बर्षको सोहि अवधिमा ४ अर्ब ७९ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ७ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

ब्याज आम्दानी
चालु आर्थिक बर्षको दास्रो त्रैमाससम्ममा  ११ करोड ७८ लाख रुपौयाँ खुद ब्याज अम्दानी गरेको फाइनान्सको गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा ७२ प्रतिशतले बृद्धि गरेको छ । गत आर्थिक बर्षको दास्रो त्रैमासमा फाइनान्सले ६ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सुचकहरु
फाइनान्सको अन्य सुचकहरुमा खराब कर्जा ०.८५ प्रतिशत, प्रतिसेयर आम्दानी ८ रुपौयाँ ६ पैसा, मुल्य आम्दानी अनुपात १२.१६ गुणा, प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ६१ पैसा र तरलता अनुपात ३५.१९ प्रतिशत रहेको छ ।


 

Ad