बैंकिङ खबर । सिर्जना फाइनान्सले चालु आर्थिक बर्षको देस्रो त्रैमासमा ४ करोड २८ लाख २५ हजार रुपौयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक बर्षको सोही अवधिको तुलनामा २०.६० प्रतिशले नाफामा बृद्धि गरेको हो । गत आर्थिक बर्षको सोही अवधिमा फाइनानसले ३ करोड ५० लाख ९ हजार रुपौयाँ खुद मुनाफा कमाएको थियो ।
निक्षेप तथा कर्जा
४६ करोड ७ लाख ८२ हजार चुक्ता पुँजी रहेको फाइनान्सले चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा ५ अर्ब ९९ करोड ३१ लाख ५४ हजार निक्षेप संकलन गरी ४ अर्ब १५ करोड ९५ लाख ४७ हजार कर्जा परिचालन गरेको छ । निक्षेपमा ३९.९७ प्रतिशत तथा कर्जामा २८.५५ प्रतिशतले बृद्धि गरेको फाइनान्सले गत बर्षको सोहि अवधिमा ४ अर्ब २८ करोड १७ लाख ८४ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २३ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
ब्याज आम्दानी
चालु आर्थिक बर्षको दास्रो त्रैमाससम्ममा फाइनान्सको खुद व्याज आम्दानी ३५.२२ प्रतिशतले घट्न गई ६ करोड १२ लाख रुपौयाँ गरेको छ । गत आर्थिक बर्षको दास्रो त्रैमाससम्ममा फाइनान्सले ८ करोड २७ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
अन्य सुचकहरु
फाइनान्सको खराब कर्जा ३.२५ प्रतिशत, सीसीडी रेसियो ६३.०७ प्रतिशत, आधार ब्याजदर ११.८१ प्रतिशत, कस्ट अफ फण्ड ९.१३ प्रतिशत, स्प्रेट रेट ७.८९ प्रतिशत, प्रतिसेयर आम्दानी १५ रुपौयाँ ५९ पैसा, मूल्य आम्दानी अनुपात १२.१६ प्रतिशत, प्रतिसेयर नेटवर्थ १ सय ३० रुपैयाँ ५६ पैसा, र तरलता अनुपात ४४.२८ प्रतिशत रहेको छ ।