बैंकिङ खबर । काबेली विकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १ करोड ३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा २९.५३ प्रतिशतले वृद्धि गरेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ८० लाख नाफा कमाएको थियो ।
२८ करोड ४२ लाख रुपैयाँ चुक्ता पुँजी पुयाएको बैंकले जगेडाकोषमा ४ करोड ११ लाख रुपैयाँ छुटाएको छ । बैंकले ८६ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ७८ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकले खुद व्याज आम्दानीमा ४८ प्रतिशतले वृद्धि गरी ३ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै संचालन मुनाफामा २५.४२ प्रतिशतले वृद्धि गरी १ करोड ४८ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले खराब कर्जा १४ लाख रुपैयाँ उठाएको छ ।
बैंकको निष्कृय कर्जा ४.४१ प्रतिशत, जोखिम युक्त सम्पत्ति ३३.६३ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ७.३१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४०.३८ गुणा, प्रतिशेयर नेटवर्थ ११४.४८ रुपैयाँ र तरलता अनुपात ४५.२३ प्रतिशत रहेको छ ।