बैंकिङ खबर । एनआईसी एशिया बैंकले माघ १३ गते दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकको नयाँ शाखा दमक नगरपालिका वडा नं. ५, क्याम्पस मोड झापा स्थित दमकचोक र पोखरा महानगर पालिका वडा नं १, बगरस्थित बगरमा नयाँ शाखा कार्यलय स्थापना गरेको छ ।
झापाको दमकचोक शाखाको उद्घाटन दमक नगरपालिकाका मेयर रोम नाथ ओली र पोखराको बगर शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले गरे ।
बैंकले मुलुकभर २७५ शाखा कार्यालय, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकको वासलातको आकार २१८ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १७५ अर्ब तथाकर्जा १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५०हजार रहेको छ । स