Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रोग्रेसिभ फाइनान्सको नाफा बढ्यो

२०७५ माघ १३ गते

बैंकिङ खबर । प्रोग्रेसिभ फाइनान्सले दोस्रो त्रैमासमा खुद मुनाफा २ करोड ४५ लाख रुपैयाँ कमाएको छ  । फाइनान्सको गत वर्षको सोहि अवधिमा ८० लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

६४ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले जगेडाकोषमा ३ करोड ७७ लाख रुपैयाँ छुटाएको छ । फाइनान्सले निक्षेपमा ७५ करोड २९ लाख रुपैयाँ संकलन गरी ७७ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 

खुद व्याज आम्दानी ४१.४६ प्रतिशतले बढेर २ करोड ५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा संचालन मुनाफा ८२ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

सुचकहरु
फाइनान्सको निष्कृय कर्जा १.५३ प्रतिशत, जोखिम युक्त सम्पत्ति ७१.०९ प्रतिशत, प्रति शेयर आम्दानी वार्षिक ७.५९ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात १६.२१ गुणा, प्रति शेयर नेटवर्थ १०५.८५ रुपैयाँ र तरलता अनुपात ८६.०३ प्रतिशत रहेको छ ।
 

Ad