January 24th, 2019

रुपन्देहीको भैरहवा अदालतमा मेगा बैंकको एक्सटेन्सन काउन्टर 

बैंकिङ खबर । मेगा बैंक नेपालले रुपन्देही जिल्लाको भैरहवा स्थित अदालतमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश नरिश्वर भण्डारीले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । 

बैंकको एक्सटेन्सन काउन्टरको संख्या १९ पुगेको छ । अन्य सरकारी कार्यालयहरुमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा सुविधा प्रदान गर्न मेगा बैंकको योजना रहेको छ । हाल  बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालयहरु छन् । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]