Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंकको नयाँ शाखा मोरङको उर्लाबारीमा

२०७५ माघ १० गते

बैंकिङ खबर । कामना सेवा विकास बैंकले प्रदेश नं १ कोमोरङ जिल्ला, उर्लाबारी नगरपालिका वडा नं ०७ मा नयाँ शाखा विस्तार गरेको छ । बैंकका संचालक  बलराम बराल तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुत्त रुपमा कारोबार शुभारम्भ गरे ।

कार्यक्रममा कामु. प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नम्बर १ को लागि पहिलोे भएको र बैंकले प्रदेश नं १, २ र ५ का विभिन्न शहर तथा ग्रामिण इलाकामा २० वटा तथा काठमाडौं उपत्यकामा ३ वटा गरि कुल २३ वटा शाखाको निर्माण काय भैइरहेको बताए ।

हाल बैंकले ६४ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । 
 

Ad