January 24th, 2019

साफाद्धारा सम्मानित सिटिजन्स बैंक

बैंकिङ खबर ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई साउथ एशियन फेडरेशन अफ एकाउण्टेन्सले (साफा) भारतको पुणेमा सम्मानित गरेको छ । भारतको पुणेमा आयोजित समारोहमा बैंकलाई साफा बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१७ प्रदान गरिएको हो । " Private Sector Banks (Including Cooperatives Banks) विधामा बैंकले Certificate of Merit प्राप्त गरेको छ ।

सार्क क्षेत्रमा क्रियाशील रहेका व्यावसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित साफाले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा अवार्ड दिंदै आएको छ । साफाले यो अवार्ड वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य, जोखिम व्यवस्थापन, लेखा सम्बन्धि टिप्पणी, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशाशनका आधारमा मूल्यांकन गरी उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई अवार्ड दिइन्छ ।

हाल बैंकडले मुलुकभर फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट करिव ४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]