January 23rd, 2019

सिर्जना फाइनान्सद्धारा स्वास्थ्य शिविर सम्पन्न

बैंकिङ खबर । सिर्जना फाईनान्सले सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नोवेल अस्पताल बिराटनगरका विशेषज्ञ डाक्टरहरुको सहभागितामा  सम्पन्न भएको शिविरमा करिब १५ सय बिरामीले स्वास्थ्य परिक्षण गराएका थिए । 

कञ्चनरुप नगरपालिका प्रमुख वसन्त मिश्रले विशेषज्ञ डाक्टरहरुलाई स्वागत गर्दे यस किसिमका कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गरेमा स्थानियवासिले  राहत पाउने विश्वास व्यक्त गरे ।

सिर्जना फाईनान्सका सञ्चालक द्वय राजिव  कुमार मिश्र र सुवास अचार्यले सिर्जना फाइनान्सले वैकिङ कारोबार वाहेक समाजलाई आवश्यक सेवाहरु समेत प्रदान गर्ने कुरा बताए । यसै क्रममा सिर्जना फाइनान्सले सप्तरी जिल्लाको वोदेबरसाइन, पातो, कल्याणपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको र आज कञ्चनरुप नगरपालिकामा सम्पन्न गरेको हो । 

आगामी  महिनामा सप्तरीकै फत्तेपुर र भारदहमा समेत स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको संस्थाले जनाएको छ । यसका साथै यस महिनामा सप्तरी जिल्लाको भारदहको  सामुदायिक विद्यालयमा अध्ययनरत दलित  विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्न लागेको समेत फाइनान्सले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]