January 23rd, 2019

वित्तीय साक्षरता र उद्यमशिलता विकासका लागि एक्सपो महत्वपूर्ण

बैंकिङ खबर। माघ ११ र १२ गते बुटवलमा आयोजना गरिएको बैंकिङ / बीमा तथा पूँजीबाजर एक्सपोबाट वित्तीय साक्षरताको विकास हुने विश्वास नियामक निकायहरुले गरेका छन् । देशभर वित्तीय सचेतना र बीमा साक्षरता फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको एक्सपोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र वोर्ड, वाणिज्य बैंकहरु, विकास बैंक, बीमा कम्पनी, वित्त कम्पनी, मर्चेन्ट बैंकहरु तथा माइक्रोफाइनान्स लगायत युवा स्वरोजगार कोषले सहभागिता जनाउने छन् ।  

बुटवलको कालिकानगरस्थित कालिका माध्यमिक विद्यालयको प्राङ्गढमा हुने प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ । दुई दिन सम्म आयोजना हुने एक्सपोको अवलोकन विहान १० बजेदेखि साँझ ५ बजेसम्म गर्न सकिने छ । कार्यक्रममा गभर्नर डा. चिरंजीबि नेपाल, बीमा समितिका अध्यक्ष चिरंजीबी चापागाईं, नेपाल धितोपत्र वोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की लगायतको सहभागिता रहने आयोजकले जनाएको छ । एक्स्पोमा प्रदर्शनीबाहेक दुई दिनसम्म बैंकिङ, बीमा र पूँजीबजारबारे सेमिनार आयोजना हुने छ । 

बैंकिङ÷बीमा तथा पूँजीबजार एक्सपोले वित्तीय जागरण तथा उद्यमशिलताको विकास गर्न सघाउ पुग्ने विश्वास सबै पक्षको रहेको छ । 

माधव निर्दोष, संयोजक, ‘वित्तीय जागरण राष्ट्रिय अभियान’ 
उपत्यका बाहिर पनि वित्तीय सचेतना तथा बैंक र सर्वसाधारणबीचको सम्बन्ध, बीमाको पहुँच बढाउँदै पूँजी बजारमा लगानीको अवसर देखाउने र उद्यमशीलताको विकास गर्न एक्सपो फलदायी हुनेछ । वित्तीय सचेतनासँगै बीमाको पहुँच सर्वसाधारण सम्म पु-याउन र बीमा जागरण बढाउन एक्सपोले महत्वपुर्ण भुमिका खेल्ने छ । पूँजी बजारमा सर्वसाधारणलाई आकर्षित गर्न सहयोग पु-याउने छ । काठमाडौंमा हरेक बर्ष संचालन हुँदै आएको एक्स्पो काठमाडौं बाहिर समेत आयोजना हुनुले मुलुकभर बैंक, बीमा तथा पूँजी बजारका क्षेत्रमा भित्रिएका प्रविधि, सेवा तथा उद्यमशिलताका विषयमा जानकारी गराउन सहयोग पु-याउने छ । यसले बैंक, बीमा तथा पूँजीबाजरसँग सम्बन्धित सबै कम्पनी र सर्वसाधारणलाई एकैठाउँमा भेला गराउने भएकाले पनि छुट्टै महत्व राख्दछ । 

चिरन्जीबी चापागाईं, अध्यक्ष, बीमा समिति
वित्तीय जागरण गाउँगाउँसम्म पु-याउनुपर्छ भन्ने हामीसबैको योजनामा छ । नेपाल सरकारले राखेको वित्तीय क्षेत्र सुधार रणनीति अन्तर्गत हामीले पनि बीमा चेतनाको काम सुरु गरिसकेका छौं । स्थानीय सरकारसँग बीमा समिति भनेर विभिन्न ठाउँमा वित्तीय जागरणको काम गरिरहेका छौं । त्यस्तै उद्देश्यका साथ आयोजना गरिएको यो एक्सपोबाट बीमा कम्पनीहरुले पनि धेरै फाइदा लिन सक्ने छन् । सबैभन्दा महत्वपूर्ण विषय भनेको मेलामा सर्वसाधारणको उपस्थिति र सहभागिताको आधारमा बीमा कम्नीहरुले आफ्ना योजनाका विषयमा जानकारी दिन सक्छन भन्ने नै हो । त्यस्तै एक्सपोमा दुई दिन सम्म लगातार सेमिनार आयोजना गरिएकाले बीमाका विषयमा आउने जिज्ञासा समाधान गर्न बीमा कम्पनीहरुले अवसर पाउने छन भन्ने लागेको छ । एक्सपोले बीमा व्यवसायको विस्तारका लागि महत्वपूर्ण भुमिका खेल्ने छ । यस्तो कार्यक्रमले बीमाको जागरण अभिवृद्धिमा समेत सहयोग पु-याउने भएकाले एक्स्पो महत्वपुर्ण हुने छ ।  

डा. रेवतबहादुर कार्की, अध्यक्ष, नेपाल धितोपत्र बोर्ड
यसअघि पनि हामी आफैले राजधानीमा पूँजी बजार सम्बन्धि एक्सपो गरेका थियौं । त्यस्तै प्रदेशमा पनि एक्सपो गर्ने योजनामा थियौं । सोहि अनुसार विराटनगरमा हामीले ग-यौं । हामीले सुरुवात त ग-यौं तर यसमा निजीक्षेत्रको सहयोग भएमा बढि फलदायी हुने देखियो । सोहि अनुसार बुटवलमा हुन लागेको एक्सपोमा हामी सहभागी भएका छौं । यसले वित्तीय साक्षरताको विकास गर्छ । नेपाल धितोपत्र वोर्डले एक नेपाली एक डिम्याट खाताको अभियान पनि अगाडी बढाएको छ । यसलाई सार्थक बनाउन यो एक्सपोले सहयोग पु-याउछ भन्ने हामीलाई लागेको छ । धितोपत्र वोर्डले ७७ जिल्लाका करिब ७ सय स्थानीय तहमा आस्वा प्रणाली मार्फत प्रथमिक बजारलाई पु-याइसकेको छ । अर्को महत्वपूर्ण कुरा भनेको एक्सपोमा दुईदिन सम्म लगातार सेमिनार हुने भएकाले हामी आफै अन्तरक्रियामा सहभागी हुन्छौं । यसले पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढाउन सक्छ । लगानीकर्ताका जिज्ञासा मेटाउने कोसिस गछौं, बैंक तथा बीमा कम्पनीका सम्बन्धमा पनि छलफल हुन्छ । जुन एक्सपोको महत्वपूर्ण पक्ष हो । त्यसैले एक्सपोले समग्रामा वित्तीय साक्षरतासंगै पूँजी बजारको विस्तार र विकासमा सहयोग पु-याउँछ । 

अशोक कुमार पौडेल, क्षेत्रीय निर्देशक, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर, रुपन्देही
विभिन्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा पूँजी बजारका संस्थाहरुले यो एक्सपोमा सहभागी बनेर सर्वसाधारणलाई वित्तीय जागरणका विषयका चेतना अभिवृद्धि गर्न सक्छन् । त्यस्तै एक्सपोमा सेमिनार समेत हुने भएको छ । यसले सर्वसाधारण, विद्यार्थी, बैंकबाट कर्जा लिएर सफल भएका कृषक, तथा उद्यामीहरु एकैठाउमा भेला भएर सफलताका विषयमा छलफल समेत गर्ने भएकाले सबैलाई उद्यमी बनाउन सहयोग पु-याउछ भन्ने विश्वास गर्न सकिन्छ । एक्सपोमा बैंकहरुले सर्वसाधारणलाई आफ्नो सेवाका विषयमा जानकारी गराउँछन् । यसबाट युवाहरु कर्जा लिएर उद्यमशिलता विकासमा सहभागी हुन र उद्यमी बन्न प्रेरित हुन सक्छन् । सर्वसाधारणले पनि बैंक तथा वित्तीय संस्था बीमा कम्पनी हाम्रैलागि हुन भन्ने थाहा पाउछन् । त्यस्तै सामान्य लेखपढ गर्नसक्ने सर्वसाधारण जो सामान्यतया बैंकमा जान सकिरहेका छैनन्  उनीहरुलाई एक्सपोले नै बैंक सम्म पु-याउन सहयोग पु-याउछ । त्यसैले यस्तो एक्सपोलाई फोरमकोरुपमा बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा पूँजीबजारका संस्थाहरुले लिनुपर्छ । वित्तीय क्षेत्रले आफ्नो सेवा सुविधा बढाउनका लागिपनि एक्स्पो फलदायी हुन्छ भने पूँजी परिचालन भएर वास्तविक क्षेत्रको विकासमा सहयोग पु-याउन सक्ने छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]