January 21st, 2019

ग्लोबल आइएमइ बैंकका सिइओले दिए राजीनामा

बैंकिङ खबर । ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौडेलले राजीनामा दिएका छन् । उनले तीन वर्ष कार्यकाल बाँकी छँदै राजीनामा गरेका छन्। शर्मा १४ महिनाअघि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । 

सर्माले सन् १९८७ मा नबिलि बैंकबाट इन्ट्री लेभलबाटै बैंकिङ करियर सुरु गरेका थिए । नबिल  बैंक, एनआइसी बैंक, लक्ष्मी बैंकमा पनि काम गरेका अनुभव छ । लक्ष्मी बैंकमा काम गर्दागर्दै अध्ययनका लागि लण्डन गए। लण्डनमा पनि उनले बैंकमा काम गरेको अनुभव उनीसंग छ । 
 
ग्लोबल आइएमई बैंकमा उनी सहायक महाप्रबन्धकका रुपमा भित्रिएका थिए।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]