Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंक ५४ औं वर्षमा प्रवेश 

२०७५ माघ ६ गते

बैंकिङ खबर। राष्ट्रिय वाणिज्य बैंकले ५४ औं वर्षमा प्रवेश गरेको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना ग¥यो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत वित्तीय समावेशीकरणको लागि वित्तीय साक्षरता लेखिएको ब्यानर, विविध चेतानामुलक प्लेकार्ड सहित ¥याली निकालिएको थियो । ¥याली बैंकको केन्द्रीय कार्यालयस्थित सिंहदरबारप्लाजाबाट सुरु भई भद्रकाली, न्युरोड, रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुंदै पुनः सिंहदरबारप्लाजामा आई समापन भएको थियो ।

प्रभातफेरी कार्यक्रममा बैंक प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, सहित  सम्पुर्ण बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकले आफ्नो ५४ औं वार्षिकोत्सवको अवसरमा रक्तदान, खेलकुद तथा विविध कार्यक्र गरि मनाईरहेको छ ।
 

Ad