Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माछापुच्छ्रे बैंकको तीन नयाँ शाखा विस्तार

२०७५ माघ ४ गते

बैंकिङ खबर । माछापुच्छ्रे बैंकले काठमाडौं स्थित कुलेश्वर शाखा, तनहु्ँ स्थित भिमाद र कन्चनपबुर स्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्त्तरोन्नती गरी सञ्चालनमा ल्याएको छ । 
कुलेश्वर नयाँ शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. बिरेन्द्र प्रसाद महतोले गरे । 

नयाँ शाखाहरुमार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ सुबिधा उपलब्ध गराएको छ । 

बैंकले मुलुकभर ९३ वटा शाखा, ११२ वटा एटीएम र ५२ शाखा रहित बैकिङ सेवासमेत गरी जम्मा १४५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ सुबिधा  प्रदान गरिरहेको छ । 
 

Ad