Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कैलाश विकास बैंक र ब्लू क्रस अस्पतालबीच सम्झौता

२०७५ माघ ४ गते

बैंकिङ खबर । कैलाश विकास बैंक र ब्लू क्रस अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठ र अस्पतालका तर्फबाट कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

सम्झौता पश्चात कैलाश विकास बैंकका ग्राहक, सेयरधनी तथा कर्मचारीहरुलाई उपचार खर्चमा ब्लू क्रस अस्पतालले छुट सुविधा प्रदान गर्ने छ । 

हाल बैंकले मुलुकभर ८२ शाखा र ३१ एटिएम मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदा नगर्दै आएको छ । निकट भविष्यमा काठमाण्डौका बिभिन्न ७ स्थान तथा देशका अन्य ठाउँहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बंैकले जनाएको छ । 
 

Ad