January 17th, 2019

डलर ३३ पैसाले बढ्यो

बैंकिङ खबर। नेपाली बजारमा विहीबार अमेरिकी डलरका भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर ११४ रुपैयाँ २९ पैसा तोकेको छ । जुन बुधबारको तुलनामा ३३ पैसाले बढि हो बुधबार ११३ रुपैयाँ ९६ पैसा थियो । 

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर हुने भएकाले भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ अवमूल्यन हुन्छ । डलरको मुल्य बढ्दा नेपाली अर्थतन्त्रमा आयात–निर्यात, पर्यटन, बैदेशि लगानी, रेमिट्यान्स, बैदेशिक ऋण लगायतमा असर परिरहेको हुन्छ । त्यसैले डलरमा हुने उतारचढाको सोझो असर नेपाली अर्थतन्त्रमा पर्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]