January 17th, 2019

एनआएसी एशियाले ४ अर्ब रुपैयाँको ऋणपत्र विक्री गर्ने

बैंकिङ खबर । एनआईसी एशिया बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र विक्री गर्नका लागि बिहीबार अह्वानपत्र प्रकाशित गरेको छ । बैंकले ‘१० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५÷०८६’ नाम दिएर माघ १३ गते विक्री गर्न लागेको हो । एक हजार रुपैयाँ अंकितमूल्यमा विक्री गर्न लागिएको उक्त ऋणपत्रमा इच्छुक लगानीकर्ताले २५ कित्तादेखि २० लाख कित्तासम्म आवेदन दिन पाउने छन् । ऋणपत्र माघ १३ गतेदेखि खुल्नेछ भने छिटोमा मात्र १६ गते र ढिलोमा फागुन १३ गते बन्द हुनेछ । १० बर्ष अवधि तोकिएको ऋणपत्र २०८५ मा परिपक्व हुनेछ । लगानीकर्ताले १० प्रतिशत ब्याज पाउने छन् । 

उक्त ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले १ करोड ६० लाख रुपैंया बराबरका १६ लाख इकाई लगानी गर्न पाउनेगरि सुरक्षित गरिएको छ । म्युचुअल फण्डका लागि छुट्याइएको ५ प्रतिशत पनि सोहि रकममा समावेस गरिएको छ । नेपाल धितोपत्र वोर्डको निर्देशन बमोजिम कुल ऋणपत्रको ४० प्रतिशत मात्र सर्वसाधारणलाई छुट्याएको हो । बैंकले एसबीआई मर्चेन्टमार्फट ऋणपत्र विक्री गर्न लागेको हो । 

बैंकले यसअघि पनि ७.२५ प्रतिशत र ११ प्रतिशतको गरि कुल ५ अर्ब ३३ करोड बराबरको ऋणपत्र जारी गरेको थियो । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]