Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता

२०७५ माघ २ गते

बैंकिङ खबर । कामना सेवा विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे । 

सम्झौता पश्चात बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । 
हाल बैंकको ६३ वटा शाखा तथा १७ एटिएम मार्फत गा्रहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । समय सापेक्ष आफ्ना सेवाहरु थप गर्ने बैंकले जनाएको छ । 


 

Ad