January 15th, 2019

कामना सेवा विकास बैंक र सानिमा इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

बैंकिङ खबर। कामना सेवा विकास बैंक र सानिमा इन्स्योरेन्स कम्पनीबीच मंगलबार बैंकास्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका ग्राहकहरुले सबै शाखाहरुबाट सानिमा इन्स्योरेन्स कम्पनीको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै व्यावसाय प्रवर्धनमा सहयोग पुग्ने विश्वास बैंकले गरेको छ । 
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुखकार्यकारी अधिकृत प्रविण वस्नेत र सानिमा ईन्स्योरेन्स कम्पनीको तर्फबाट नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]