January 15th, 2019

कुमारी बैंक र स्मल वल्र्ड सर्भिसबीच रेमिट्यान्स सेवा सम्झौता

बैंकिङ खबर । कुमारी बैंक र स्मल वल्र्ड सर्भिस ग्रुप युकेबीच रेमिट्यान्स सेवा मुलुकभर बिस्तार गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र स्मल वल्र्ड सर्भिस ग्रुपका निकोल्स जोन स्टेवार्ट डेबीच रेमिट्यान्स सेवा बिस्तार गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो ।

यो सम्झौता पछि विश्वभर रहेका स्मल वल्र्ड सर्भिसका (काउन्टर र अनलाइन रेमिट्यान्स सर्भिस) मार्फत सजिलै नेपालमा पैसा पठाउन सकिनेछ। कुमारी बैंकका सबै शाखाहरु तथा एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]