January 15th, 2019

सांग्रिला डेभलपमेन्ट बैंकमा नयाँ अध्यक्षको शपथ ग्रहण  

बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंककको नवनिर्वाचित अध्यक्ष अच्युुतप्रसाद प्रसाइले शपथ ग्रहण लिएका छन् । बैंकको बार्षिक साधारण सभाबाट निर्वाचित संचालहरुको बैठकबाट सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका प्रसाईले माघ १ गते नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागुु भए पछि ऐनमा बैंक तथा बित्तीय संस्थाका अध्यक्षले निर्वाचित भएसंगै तोकीएको ढांचामा नेपाल राष्ट्र बैंक समक्ष शपथ लिनुु पर्ने ब्यवस्था बमोजिम प्रसाईले शपथ लिएका हुन् ।

काठमाडौंको बालुवाटार केन्द्रीय कार्यालय रहेको बैकले आर्थिक बर्ष २०७५÷७६ को दोस्रो त्रैमास सम्मा करिब १८ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै २९ करोड ५० लाख रुपैयाँ संचालन मुुनाफा कमाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]