January 15th, 2019

सिन्धु विकास बैंकको नवौं साधारण सभा सम्पन्न 

बैंकिङ खबर । सिन्धु विकास बैंकले नवौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बेंकले आर्थिक बर्ष ०७४/०७५ को बार्षिक प्रतिवेदन लगाएतका प्रस्तावहरु पारित गरेको छ । यसै साधारण सभाबाट बैंकको संस्थापक सेयरधनी समुहकोबाट संचालकहरुमा राजेन्द्र कुमार श्रेष्ठ, श्रीमती निभा डंगोल श्रेष्ठ र कर्मचारी संचयकोष निर्बिरोध निर्वाचित भएका छन । बैंकको संचालक समितिको २३९ औं बैठकले अध्यक्ष पदमा राजेन्द्र कुमार श्रेष्ठलाई निर्बिरोध चयन गरेको छ । 

हाल बैंकले १३ वटा शाखाहरु लगायत बैंकिङ इकाईहरु गरी १५ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ । हाल सम्म बैंकले  २ अर्ब भन्दा बढी निक्षेप संकलन गरी रु. १ अर्ब ८५ करोड भन्दा बढी कर्जा प्रवाह गरेको बैंकले जानकारी गराएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]