January 13th, 2019

माछापुच्छ्रे बैंकको दुई नयाँ शाखा विस्तार

बैंकिङ खबर । माछापुच्छ्रे बैंकले दार्चुलाको अपि हिमाल र ब्याँस गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले पौष २९ गते दार्चुलाको अपि हिमाल गाँउपालिका स्थित अपि हिमाल शाखा कार्यालय र ब्याँस गाँउपालिका स्थित ब्याँस शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो । 

नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ सुबिधा उपलब्ध गराएको छ ।

बैंकले ९० वटा शाखाहरु, १११ वटा एटीएम ,२ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ सेवा गरी जम्मा १४४ स्थानबाट ग्राहकलाई सम्पुर्ण बंैकिङ सुबिधा प्रदान गरीरहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]