January 13th, 2019

हिमालयन बैंकको मास्टरकार्डमा आधुनिक प्रविधियुक्त चिपको प्रयोग 

बैंकिङ खबर । हिमालयन बैंकले डेबिट कार्डमा अत्त्याधुनिक र सुरक्षित चिप र पिन प्रयोग गरेको छ ।  ग्राहकहरुको सेवालाई ध्यानमा राखि अन्तराष्ट्रिय कार्ड प्रदायक मास्टरकार्डले उपलब्ध गराउने प्रविधि प्रयोग गरेको बैंकले जनाएको छ । उक्त कार्डको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र दक्षिण एसिया क्षेत्रिय प्रमुख पोरुष सिंहले गरे । 

बैंकका ग्राहकहरुले मास्टरकार्डबाट कारोबार गरि सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा विभिन्न मर्चेंटहरुमा (होटल, रेष्टुरेन्ट पब लगायत अन्य पसलहरु) २०% सम्म छुट पाउने छन् । यसै अवसरमा बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुका लागि सो कार्ड निशुल्क प्रदान गर्ने जानकारी गराएको छ । यस बाहेक मास्टरकार्ड धारी ग्राहकहरुले उक्त कार्ड नेपाल भरिका कुनै पनि पस मेशिनमा प्रयोग गरि सामान खरिद गरेमा आकर्षक नगद फिर्ता पाउने छन् । 

बार्यक्रममा बोल्दै बैंकका कार्यकारी प्रमुख राणाले मास्टरकार्डसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्नुको साथै, उक्त कार्डद्धारा बैंकका ग्राहकले अझ बढि सेवा सुरक्षित रुपमा पाउने विश्वास व्यक्त गरे । उक्त कार्ड अत्याधुनिक चिप र पिन बाट सुसज्जित रहेको र नयाँ खाता खोल्दा ग्राहकहरुका लागि निशुल्क प्रदान गर्ने जानकारी गराए भने ग्राहकहरुले नेपाल तथा भारतका प्रायजसो एटिएम र पस मेशिनमा प्रयोग गर्न सक्ने समेत उनले बताए । 

सिंहले पछिल्ला वर्षहरुमा नेपालले डिजिटल भुक्तानी प्रणालीमा र कार्डको प्रयोगमा उच्च प्रगति गरेको हुँदा मास्टरकार्डले उक्त प्रगति पथमा हिमालयन बैंक सँंग सहकार्य गर्न पाउदा गौरवान्भित भएको बताए । ग्राहकहरुलाई डिजिटल भुक्तानीमा उक्त कार्डमा भएको सुविधा र सुरक्षाको प्रत्याभुतिले उक्त कार्ड प्रयोग गर्न प्रोत्साहन गर्ने कुराको जानकारी दिए । साथै नेपालमा नगद रहित कारोबारलाई प्रोत्साहन गर्न मास्टरकार्ड प्रतिबद्ध रहेको समेत बताए । 

बैंकका ग्राहकहरुले देशभरि भएका आफ्ना ५७ वटै शाखाहरुबाट उक्त कार्ड लिन सक्ने तथा १११ वटा एटिएम मार्फत प्रयोग गर्न सक्ने छन् । साथै उक्त कार्ड नेपाल र भारतका पस मेशिनहरुमा प्रयोग गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]