January 13th, 2019

पूर्णिमा विकास बैंकको ११.३७ प्रतिशत लाभांश पारित

बैंकिङ खबर । पूर्णिमा विकास बैंकले चुक्ता पुन्जीको ११.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको बार्षिक साधारणसभाले ३ करोड ४ लाख ५९ हजार ६ सय ६८ रुपैयाँ २४ पैसा नगद लाभांश,  २ करोड ६२ लाख ५१ हजार ६ सय रुपैयाँ बोनस सेयर वितरण गर्ने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो । त्यस्तै कर प्रयोजनका लागि २९ लाख ८४ हजार ८ सय ३ रुपैया ५९ पैसा छुटा्एको छ । उक्त बोनश सेयर पारित पश्चात बैंकको चुक्ता पूँजी ५५ करोड १२ लाख ८३ हजार १४ रुपैया ५९ पैसा रहने छ । 

बैंकले आफ्नो ग्राहक महानुभावहरुको आवश्यकतालाई मध्यनजर  गर्दै सेवाहरुलाई थप तथा परिमार्जित गर्दै लैजाने नीति अनुरुप विभिन्न रेमिट्यान्स कम्पनीहरु मार्फत विप्रेशण सेवा, सामाजिक सुरक्षा भक्ता भुक्तानी र आजको आधारभुत आवश्यकताको रुपमा रहेको मोबाईल बैकिङ र सि आस्वा सेवा दिईरहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]