Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मिसन डेभलपमेण्ट बैंकको ११ प्रतिशत बोनस सेयर पारित

२०७५ पुष २७ गते

बैंकिङ खबर । मिसन डेभलपमेण्ट बैंकले ११ प्रतिशत बोनस सेयर पारित गरेको छ । साधारणसभाले आर्थिक बर्ष २०७४÷७५ बार्षिक प्रतिवेदनको छलफल, लेखाप्रतिवेदन, नगद लाभांश, लेखापरीक्षक नियुक्तीको अख्तियारी, सञ्चालकहरुको निर्वाचन लगायत मर्जरको लागि आवश्यक कमिटी गठनको लागि सञ्चालक समीतिलाई अख्तियारी दिएको छ । 

साधारणसभाले चार जना सञ्चालक समीति सदस्य चयन गरेको छ । जसमा ऋषिराम पाण्डे, टिकाराम घिमिरे, धर्मराज पौडेल, लिल बहादुर केसी रहेका छन् । 

तीन जिल्ला कार्य क्षेत्र भएको बैंकले  २० वटा शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । ५१ करोड ९२ लाख ८० हजार दुई सय रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको बोनस पछि ५७ करोड ६४ लाख ११ हजार २२ रुपैयाँ चुक्ता पुँजी पुग्नेछ । 

Ad