Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

  सिटिजन्स् बैंकको प्रदेश ३ हेर्ने कार्यलय काठमाडौँको डिल्लीबजारमा

२०७५ पुष २७ गते

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनलले प्रदेश ३ को प्रादेशिक कार्यालय काठमाडौँको डिल्लीबजारमा स्थापना गरेको छ । उक्त कार्यलयको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष डा. शंकर प्रसाद शर्माले ताम्रपत्र अनावरण गरी गरेका हुन् । 

प्रदेश ३ अन्तर्गत बैंकका ३४ वटा शाखाहरु काठमाडौँ उपत्यका भित्र २६ र उपत्यका बाहिर ८ वटा बाट व्यापार बिस्तारका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू यस प्रादेशिक कार्यालयले छिटो रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।

प्रदेश ३ मा रहेका १४ जिल्ला मध्ये ९ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव २६०,००० ग्राहकलाई  बैंकिङ सेवा प्रदान गर्दै आएको छ । प्रदेश ३ मा बैंकले करिव ५७ अर्ब निक्षेप परिचालन गरी ४५ अर्ब कर्जा प्रवाह गरेको छ ।

हाल बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट करिव चार लाख  ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
            
 

Ad