Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नवलपरासीमा ग्लोबल आइएमई बैंकको राजश्व संकलन काउण्टर सञ्चालनमा

२०७५ पुष २४ गते

बैंकिङ खबर । ग्लोबल आइएमई बैंकले पुस २४ गते नवलपरासीको कावासोतीमा (बर्दघाट–सुस्तापूर्व) राजस्व संकलन काउण्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दोचापलाई मध्यनजर गर्दै सेवाग्राहीहरुको सुबिधालाई ध्यानमा राखी  र गुणस्तरीय सेवा प्रदान गर्ने उद्वेश्यले राजस्व संकलन काउण्टर संचालन गरेको हो । 

उक्त राजस्व संकलन काउण्टरको उद्घाटन आन्तरिक राजस्व कार्यालयका वासोतीका प्रमुख सुरज कुमार विश्वकर्माले गरे । यस राजस्व संकलन काउण्टर बैंकको कावासोती शाखाको मातहतमा रहने छ ।
यसका साथै बैंकले ११६औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । पुस २०गते शुक्रबार देखि पाल्पा जिल्लाको तानसेन नगरपालिका १३, बौघा गुम्हामा ११६ औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

यस शाखारहित बैंकिङ सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीय वासीहरुको रोहवरमा भएको हो । 

हाल बैंकले १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटाराजश्व संकलनकाउण्टर र ११६शाखा रहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । 
 

Ad