बैंकिङ खबर । माछापुच्छ्रे बैंक लिमिटेडले खोटाङ, भोजपुर र डडेलधुरामा एकैसाथ ८ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले खोटाङको हलेसी तुबचुङग नगरपालिकाको अर्खौले र राजापानीमा २ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । त्यसैगरी, डडेलधुराको पर्नेवागेश्वर गाँउपालिको रुपाल र गन्यापधुरा गाँउपालिको बदलमा २ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ भने भोजपुरको ट्याम्के मैयुङ् गाँउपालिको कोट रपाँचधारे,सदानन्द नगरपालिको साङ्पाङ् र पौवाडुङ्मा गाउँपालिकाको च्याङ्रेमा गरी ४ शाखा रहित बैकिङ सेवा संचालनमा ल्याएको छ ।
ग्राहक सेवा केन्द्रको रुपमा संचालित उतm शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था रहेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
हाल बैंकले देशभर ८८ वटा शाखाहरु, ११० वटा एटीएम ,२ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ सेवा मार्फत ग्राहकहरुलार्ई बैंकिङ सुबिधा प्रदान गरीरहेको छ ।