बैंकिङ खबर । मुक्तिनाथविकास बैंक लिमिटेडको सिराहा स्थित लाहान शाखाले लाहानबजार तथा टोलमा डस्टबीन वितरण गरेको छ । बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व कार्यक्रम गर्ने क्रममा उक्त सहयोग गरेको हो ।
त्यस्तै, बैंकको काठमाण्डौं स्थित ठमेल शाखाले मानव सेवा आश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ भने केन्द्रिय कार्यालय काठमाण्डौंले बाग्मती सरसफाई अभियानलाई सरसफाईका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेको छ ।
बैंकले साप्ताहिक वार्षिकोत्सव विशेष कार्यक्रम हप्ताभरी नै सञ्चालन गर्दै आइरहेको छ ।