Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

भारतले स्वीकृति दिएमा प्रतिबन्धित भारु चलाउने तयारी

२०७५ पुष २२ गते

बैंकिङ  खबर । भारतको केन्द्रिय बैंक रिजर्ब बैंक अफ इन्डिया (आरबिआई)ले भारु २ सय, ५ सय र २ हजारको नोट चलाउन अनुमति दिएमा नेपालले प्रतिबन्ध हटाउने भएको छ। 
 

नेपालको व्यापार भारतसँग निर्भर रहने गरेको र स्थिर बिनिमयदर समेत रहेकाले भारु प्रतिबन्ध लगाउँदा नेपाललाई नै असर पर्ने भएपछि नेपाल लचिलो भएको हो। त्यस्तै भारु प्रतिबन्ध हुँदा नेपालबाट भारतमा गई रोजगार गर्नेहरु र भारतीय सीमा क्षेत्रको कारोबारमा समेत असर पर्ने गरेको छ। 
 

सरकारले नै भारु ठूला दरको नोट चलाउन अनुमति आएमा चलाउनेगरी राष्ट्र बैंकलाई निर्देशन दिएपछि राष्ट्र बैंकले आरबिआईलाई भारु नयाँ नोट चलाउन सकिने प्रस्ताव गरेको हो। यद्यपी यसका लागि आरबिआईको स्वीकृति चाहिन्छ। 
 

नेपालमा भारतीय ठूला नोट चलाउने र पुराना भारु ५ सय १ हजारका नोट सटही सम्वन्धमा भारतले कुनै चासो नदिएपछि सरकारले नयाँ भारु २ सय, ५ सय र २ हजारका नयाँ नोट प्रतिबन्ध गरेको थियो। भारु १ सय सोभन्दा मुनिका नोटहरु भने चलनचल्तीमा छन्। 
 

भारत सरकारले कालोधनलाई निरुत्साहित गर्न भन्दै २०१६ को नोभेम्बर ८ देखि पाँच सय र १ हजारका पुराना नोट विस्थापित गरी २ सय, ५ सय र २ हजारका नयाँ नोट नयाँ नोटहरु प्रचलनमा ल्याएको हो।

नयाँ नोट चल्तीमा ल्याएपछि नेपालमा रहेका पुराना नोट भने साटिएको छैन। बैंकिङ प्रणालीमा मात्रै ३ करोड ३२ लाख रुपैयाँ यस्ता नोट छन्। त्योबाहेक राष्ट्र बैंकसँग साढे २ करोड बढी रकमको भारु पाँच सय र हजारका नोट छ। त्योबाहेक अनौपचारिक क्षेत्रमा झन् धेरै रकम रहेको अनुमान छ। 
 

Ad