बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले दमकको फाल्गुनन्दचोक वडा न १, झापामा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन शाखा,एनआईसी एशिया बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले गरे ।
उद्घाटन समारोहमा शाखाका संचालक अर्यालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउदै गएको र बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याई रहेको बताए ।
हाल बैंकले २७० बैंकिङ कार्यलय, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवमं २२ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत ग्राहकवर्गलाई बैंकिङ सेवा दिँदै आइरहेको छ । बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथाकर्जा रू. १४६ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।