बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकको ललितपुर स्थित कुपण्डोल शाखाले ललितपुर बजार तथा टोलमा डस्टबीन वितरण गरेको छ । बैंकले आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु गर्ने क्रममा उक्त सहयोग गरेको हो ।
त्यस्तै, बैंकको मोरङ स्थित उर्लाबारी शाखाले नमुना बालगृहलाई सरसफाईको सामाग्री वितरण गरेको छ भने नवलपरासीको दलदले शाखाले कालिका मा.वि.लाई खेलकुद सामाग्री वितरण गरेको छ । केन्द्रीय कार्यालय काठमाडौंले कार्यालय परिसरमा वृहत रक्तदान कार्यक्रम गरेको छ ।
वार्षिकोत्सवको अवसर पारेर साताव्यापी कार्यक्रम गरिरहेको बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गतका यस्ता कार्यक्रमहरुलाई पौष २२ गतेसम्म निरन्तरता दिने बताएको छ ।