बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गण्डकी प्रदेशको पोखराको सिमलचौरमा प्रादेशिक कार्यालय स्थापना गरेको छ ।
गण्डकी प्रदेश अन्तर्गत बैंकका ५ वटा शाखाहरु बागलुङ, बेनी, चामे, पोखराको न्युरोड तथा सिमलचौरमा रहेका कार्यलयहरुको व्यापार बिस्तारका साथै शाखाहरुको समन्वय, निगरानी, व्यवस्थापन लगायतका कामहरु प्रादेशिक कार्यलयबाट हुने बैंकले जनाएको छ । यस प्रदेशमा बैंकले करिव १७ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
कार्यालयको उद्घाटन समारोहमा गण्डकी प्रदेशका सरकारी अधिकारी, उद्योगी, व्यापारी तथा नागरिक अगुवाहरुको उपस्थिति रहेको थियो ।
हाल बैंकले मुलुकभर ८० बैंकिङ कार्यलय, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।