Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय बाणिज्य बैंकको ब्रान्ड एम्बास्डरमा श्रीङखला खतिवडा नियुक्त

२०७५ पुष १८ गते

बैंकिङ खबर । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले पुस १८ गते ब्रान्ड एम्बासडरको रुपमा २०१८ की मिस नेपाल श्रृंखला खतिवडालाई नियुक्त गरेको छ । 

ब्रान्ड एम्बास्डर नियुक्तिको लागि राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा।लिबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा।लिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरे । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक अन्य बाणिज्य बैंकहरुसँग प्रस्तिस्पर्र्धा गर्दै अघि बढिरहेको र आगामी दिनमा यसको सेवालाई अझ विस्तार गर्दै लैजाने र व्यवसायलाई प्रवद्र्धन गर्नको लागि बैंकले ब्रान्ड एम्बासडरमा मिस नेपाल २०१८ की श्रृंखला खतिवडालाई गरेको बताए । 

दी हिडन ट्रेजर प्रा।लिका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीेले सरकारी बैंकसँगको यस्तो सम्झौताले सरकारी संस्थाप्रति नीजि क्षेत्रको गुनासो कम हुंदै जाने र बैंकले नयाँ पुस्ताको उपस्थिती समेतलाई सशक्त बनाउन सक्ने कुराकोे जानकारी दिए ।

मिस नेपाल  श्रृंखला खतिवडाले आफु सरकारी स्वमात्विमा रहेको राष्ट्रिय बाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी व्यक्त गरिन् ।  

Ad