बैंकिङ खबर । माछापुच्छ्रे बैंक लिमिटेडले कोटेश्वरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकले पौष १८ गते काठमाडौं महानगरपालिका स्थित कोटेश्वरमा नयाँ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।
उक्त नयाँ शाखाको उद्घाटन बैंकका सञ्चालक राम मान श्रेष्ठले गरे । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका बैकिङ सुबिधा उपलब्ध गराएको छ ।
हाल बैंकले ८८ वटा बैंकिङ कार्यलय, १०८ वटा एटीएम ५१ शाखा रहित बैकिङ मार्फत ग्राहकलाई बैंकिङ सुविधा दिँदै आएको छ ।