December 30th, 2018

प्रभु बैंकको नयाँ शाखा गुल्मीको बलेटक्सारमा, ५ जनालाई सहुलियत व्याजदर कर्जा

बैंकिङ खबर । प्रभु बैंक लिमिटेडले गुल्मी जिल्लाको रुरुगाउँपालिका वडा नं. ४, रानीबास, बलेटक्सारमा पुस १५ गते नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । 

प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको सभापत्विमा आयोजित एक समारोहमा माननीय परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले उक्त नयाँ शाखा कार्यालयको समुद्घाटन गरे । 

साथै, बैंकले रानीबास शाखा कार्यालय समुद्घाटनको उपलक्ष्यमा विपन्नवर्ग, महिला उद्यमी तथा भूकम्प पिडित कर्जा शीर्षक अन्तर्गत ५ जनालाई सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]