बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले पौष १२ गते विहीबार बाँके जिल्लाको नेपालगञ्ज शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । शाखा कार्यालयको उद्घाटन नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा.धवल शमशेर ज.व.रा.ले गरे ।
साथै, बैंकले पौष ११ गते घोराही र धनगढीमा पनि नयाँ शाखा कार्यालयको उद्घाटन गरेको थियो ।
हाल बैंकको ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन । बैंकले छिट्टैनै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्ने योजना बनाएको छ ।