December 27th, 2018

ओखलढुंगाको सुनकोशीमा बल्ल पुग्यो बैंक, माछापूच्छ्रे बैंकले खोल्यो शाखा 

बैंकिङ खबर । माछापूच्छ्रे बैंक लिमिटेडले विहीबार ओखलढुङ्गाको सुनकोशी गाँउपालिकास्थित सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्रमशः प्रदेश सभाका सांसद मोहन खड्का र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारीसँग संयुक्त रुपमा गरे । 

यसअघि यो स्थानीय  निकायमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति रहेको थिएन । सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवातपछि यस सुनकोशी गाँउपालिकामा उपस्थिति जनाउने पहिलो बैंक बन्न सफल भएको छ । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।

बैंकले मुलुकभर आफ्ना ८९ वटा शाखाहरु र ४६शाखारहित बैंकिङ्ग सेवा समेत गरी जम्मा १३५ स्थानबाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]