December 25th, 2018

नबिल बैंक पनि connectIPS e-Payment मा आवद्ध

बैंकिङ खबर । नेपाल क्लियरिङ हाउसले संचालमा ल्याएको connectIPS e-Payment प्रणालीमा नविल बैंक लिमिटेड पनि आवद्ध भएको छ । पुस १० गते बाट  कारोबार शुरु गर्ने गरि नबिल बैंकलाई उक्त प्रणालीमा आवद्ध गराएको हो । बैंकका ग्राहकहरुले यस प्रणालीको www.connectips.com अथवा मोबाईल एप्सबाट अनलाईन कारोबार गर्न सक्नेछन् ।

यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्ने छन् । हाल यसप्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरको भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ । 

उक्त प्रणालीमा उपलब्ध पेमेन्ट प्रोसेसर (गेटवे) जडान भएका मर्चेन्ट पोर्टलहरुमा समेत भुक्तानी गर्न सक्नेछन् । अनलाईन कारोबार एक लाख सम्म र  मोबाईल एप्स मार्फत प्रति कारोबार  पाँच हजार सम्मको भुक्तानी कारोबार गर्न सक्नेछन् ।

connectIPS e-Payment प्रणालीमा हाल सम्म ५१ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हाल सम्म ४० वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]