बैंकिङ खबर । कृषि विकास बैंक लिमिटडेको चापाकोटस्थित बैंकिङ कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बार्षिक बजेट तथा कार्यक्रम पुस्तिकाको ब्यबस्था एवम् क्षेत्रीय कार्यालयको परिपत्र बमोजिम गंगालाल माध्यामिक विद्यालयमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
बैंकले आवश्यक नीति र रणनिति बनाई वित्तीय साक्षरता कार्यक्रमलाई ब्यापक रुपमा संचालन गर्ने तथा बैंकिङ्ग क्रियाकलापहरुको विकास एबं विस्तारको लागि वित्तीय मध्यस्थता सहित बैंकिङ्ग कारोवारमा ग्रामीण जनतालाई अभ्यस्त गराउन एक कार्यालय एक वित्तीय साक्षरता कार्यक्रम अनिवार्य रुपमा संचालन गर्ने नीतिगत ब्यवस्था गरेको छ । सोही बमोजिम बैंकको चापाकोट शाखाले उक्त कार्यक्रम संचालन गरेको हो ।
कार्यक्रमको उपलब्धि
शाखा प्रबन्धक विश्वराज मरासिनीको अध्यक्ष्यतामा सञ्चालित कार्यक्रममा आर्थिक तथा वित्तीय प्रणाली, बचत लगानी, समग्र बैंकिङ्ग सेवा सुविधा, बीमा तथा समग्र वित्तीय ब्यबस्था एवं योजना लगायतका विषयमा जानकारी दिइएको थियो ।
उक्त वित्तीय साक्षरता कार्यक्रमबाट समग्र वित्तीय, मौद्रिक तथा बैकिङ्ग जनचेतनाको अभिवृिद्ध भएको बैंकले जनाएको छ । कार्यक्रममार्फत सहभागीले कृषि विकास बैंकको सेवा तथा सुविधाका बारेमा स्पष्ट जानाकारी प्राप्त गरी बैंकिङ्ग कारोबारप्रति उत्साहित भएको पाइएको छ । त्यस्तै, कर्जा, बचत, विप्रेषण, डिम्याट, आश्वा, मोवाईल बैकिङ्ग, भिसा कार्ड सुविधाहरुको उपभोग गर्न ग्राहकहरु प्रोत्साहित भएको बैंकले जनाएको छ ।
सहभागीहरुमा अनौपचारिक क्षेत्रमा हुने आर्थिक क्रियाकलाप प्रतीको विश्वासमा कमी आएको बैंकको दाबी छ । सहकारी संस्थाहरु कृषि विकास बैंकले प्रदान गर्ने होलसेल लेण्डिङप्रति आर्कषित भएको पनि बैंकको जानकारी दिएको छ ।
कार्यक्रममा प्रमुुख अतिथिका रुपमा क्षेत्रीय कार्यलय पोखराका निर्देशक मोहदत्त शर्मा पौडेल, विशिष्ट अतिथिका रुपमा क्षेत्रीय कार्यालय पोखराका शाखा प्रमुख मोति प्रसाद पौडेल र शाखा कार्यालय वालिङका प्रबन्धक राम कुमार श्रेष्ठ रहेका थिए । चापाकोट नगरपालिका भित्रका विभिन्न १० वटा सहकारी संस्थाका ८० जना सहभागी कार्यक्रममा चापाकोटकै समाजसेवी अगुवा हरि प्रसाद पंज्ञानी, गंगालाल मा. वि. का प्र. अ. खेमराज भट्टराई, चापाकोट वार्ड नं. ९ का वडा अध्यक्ष शंकरभक्त भण्डारी र बैंकमा २०४५ साल बाट नियमित कारोवार गरेका बैंकका ग्रिनकार्ड होल्डर कर्जाग्राही गिरीधारी भट्टराई अतिथिका रुपमा आमन्त्रित थिए ।
विहान ११ बजेबाट अपरान्ह ४ बजेसम्म संचालित कार्यक्रमको अन्तमा सहभागीहरुले उठाएका जिज्ञासाको समाधान प्रशिक्षकहरुले गरेका थिए भने बैंकिङ्ग सेवा धेरैभन्दा धेरै उपभोग गर्न प्रेरित गर्दै कार्यक्रमका अध्यक्ष विश्वराज मरासीनीले कार्यक्रमको समापन गरेका थिए ।