December 25th, 2018

नेपाल क्लियरिङ्ग हाउसको १०औँ वार्षिकोत्सव : ललितपूरमा रक्तदान र विद्यालयलाई सहयोग

बैंकिङ खबर । नेपाल क्लियरिङ्ग हाउसले पुस ८ गते आफ्नो स्थापनाको १०औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरेको छ । 

कम्पनीले कार्यलयका कर्मचारी लगायत अन्य सर्वसाधारणलाई रक्तदानको महत्व बारेमा जनचेतना फैलाउने गरी ललितपुरको मङ्गलबजार क्षेत्रमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम नेपाल क्लियरिङ्ग हाउस र नेपाल रेड क्रस सोसाइटिको सहकार्यमा आयोजना गरिएको हो । 

साथै कम्पनील हेल्प नेपाल नेटवर्क संस्थाको समन्वयनमा श्री दमाइटार आधारभूत विद्यालय, ललितपूरमा ई–लाइव्रेरी स्थापना गर्न पाँच वटा कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । 

कम्पनीले आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुको आयोजना गर्ने योजना बनाएको छ ।

नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित यस कम्पनीले विभिन्न राष्ट्रियस्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको छ । नेपाल क्लियरिङ्ख हाउस लिमिटेडले हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणाली (NCHL-ECC), Directdebit र Directcredit को लागि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली connectIPS e-Payment अनलाईन मार्फत विद्युतीय भुक्तानी गर्ने अयललभअतक्ष्एक् भ(एबथmभलत प्रणाली लागु गरी सञ्चालन गर्दै आएको छ ।