December 6th, 2018

स्प्रेड घटाउन विकास बैंक र फाइनान्सलाई समय थप, सीसीडी रेसियोमा सहुलियत

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीहरुलाई तोकिएको स्प्रेड दर कायम गर्न समय थपिदिएको छ । असोज मसान्तसम्म सबै विकास बैंक र फाइनान्स कम्पनीहरुले स्प्रेड दर ५ प्रतिशतभित्र ल्याउनुपर्ने भनिएकोमा नेपाल राष्ट्र बैंकले विहीबार निर्देशन जारी गर्दै समय थप गरिदिएको छ । 

जसअनुसार, अब राष्ट्रिय स्तरका विकास बैंक र फाइनान्स कम्पनीहरुले पुस मसान्तभित्रमा स्प्रेड दर ५ प्रतिशतमा झार्नुपर्नेछ । राष्ट्रियस्तरका बाहेकका संस्थाहरुले भने २०७६ असार मसान्तसम्मको समय पाएका छन् । 

सीसीडी रेसियोमा पनि लचकता
राष्ट्र बैंकले सिसिडी रेसियोमा पनि लचकता अपनाएको छ । अबदेखि बैंक तथा वित्तीय संस्थाहरुले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यबिधि बमोजिम प्रवाह गरेको ऋणलाई सिसिडी गणनाबाट घटाउन सक्नेछन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]